एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

बाँके | पुस १६, २०८१

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

बाँके:    नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

    
नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक  पर्ने बताउनुभयो । 


महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो ।  मिसन ८४ मा केन्द्रित भएर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो । 

    
महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा  पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गर्नुभयो । 

    
नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, माहम्मदहारुन हलवाई, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङलगायत वक्ताले  पार्टी सुदृढीकरणमा जोड दिनुभएको थियो । 

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्।  नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

थप पढ्नुहोस्